काठमाडौं, पुस १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्नुभएको हो ।
कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको हो । उहाँले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा उल्लेख गर्दै हुनुहुन्छ । प्रचण्ड प्रधानमन्त्री २०७९ साल पुस १० गते नियुक्त भएर पुस ११ गते शपथ लिनुभएको थियो ।