• १२ मंसिर २०८१, बुधबार

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

blog

काठमाडौँ, पुस ७ गते । युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गर्नुभएको छ । 

ललितपुर लिल्ला ब्याडमिन्टन ससङ्घको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोस्रो संस्करण पनि जित्नुभयो । 

महिला एकलतर्फ रसिलाले सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल्ल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गर्नुभयो । महिलातर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुष तर्फ पुलिसका विष्णु कटुवाल र जीवन आचार्य संयुक्त तेस्रो हुनुभयो । 

प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ विजयी खेलाडीले ४० हजार, उपविजयी खेलाडीहरूले २० हजार रुपियाँका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नुभयो । यस्तै तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।