• १२ साउन २०८१, शनिबार

प्रदेशलाई प्रहरी राख्ने अधिकार दिनुपर्छ : नेता निधी

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, मङ्सिर १६ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले संघीयतालाई सवल बनाउन संघ सरकारले सातवटै प्रदेशलाई प्रहरी र कर्मचारी राख्ने अधिकार दिनुपर्ने बताउनुभएको छ । 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा बेलायती ब्रान्डको बेलाको होम अप्लायन्सेसको शाखा विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले संविधानमा प्रदेशको आफनै कर्मचारी र प्रहरी रहने भनी प्रष्ट व्यवस्था हुँदाहुँदै पनि प्रदेश गठन भएको ६ वर्षभन्दा बढी समय हुँदा पनि प्रहरी र कर्मचारी प्रदेशको जिम्मामा नआउनुले धेरैजसो काम गर्न प्रदेशलाई समस्या भएको उहाँको भनाइ छ । 

संघ सरकारले यसलाई पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले मधेश प्रदेशको मन्त्रालयहरु निमित्त सचिवको भरमा चल्नेगरेको भन्दै प्रदेशको आफनो कर्मचारी भएमा यस प्रकारको व्यथितीको अन्त्य हुने उहाँको भनाइ छ । नेता निधिले व्यवस्था परिवर्तनको विषयमा केही मान्छेले राजधानी काठमाडौंमा होहल्ला गरिरहेको भन्दै कसैले होहल्ला गर्दैमा व्यवस्था परिवर्तन नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “कसैले चिच्याँउदैमा राजतन्त्र फर्किनेवाला छैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले आन्दोलन गरी ल्याएको व्यवस्था हो ।” उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षपाती राजनीतिकदलले राजनीतिमा सुधार गर्नुपर्ने उहाँको धारणा छ । 

उहाँले विदेश गएका ९० प्रतिशत नेपाली नागरिक विदेशमा श्रमिकको रुपमा काम गर्नेगरेको भन्दै विदेशमा सिकेका सिप र ज्ञानलाई आफ्नै देशमा प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा बेलाको होम अप्लायन्सका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले बेलाको होम अप्लायन्सेसले जनकपुरधाममा नयाँ शाखा विस्तार गरेर मधेशका बासिन्दालाई उत्कृष्ट उत्पादन उपलब्ध गराउन थालनी गरेको बताउनुभयो । उहाँले यो प्रोडक्ट सबैको मनमुटुमा बस्ने प्रोडक्ट भएको बताउनुभयो । 

बेलाले नयाँ टेक्नोलोजी प्रयोग गरेर उपकरणहरु निर्माण गरेको कारण आम मानिसको दैनकीलाई सहज बनाएको उहाँको दावी छ । बेलाको होम अप्लायन्सेसका अध्यक्ष हाजी महोम्मद इसराइलको अध्यक्षतामा भएको सो कार्यक्रममा बेलाको होम अप्लायन्सेसका ब्राण्डएम्बेष्टर प्रदिप खडका, एनआरएनएका युरोप कोरडिनेटर चिन्तामणी सापकोटा, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरीलगायतले सफलतले शुभकामना मन्तव्य राख्नुभयो ।