• १४ असार २०८१, शुक्रबार

तेह्रथुमलाई हराउँदै पाँचथर किराँत गोल्डकपको सेमिफाइनलमा

blog

उद्घाटन खेलमा प्रतिश्पर्धा गर्दै तेह्रथुमका खेलाडी निलो र पाँचथरका खेलाडी पहेलो जर्सीमा । तस्बिर : गोरखापत्र

राधा लुइटेल 

फिदिम, मङ्सिर १६ गते । प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई  हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबारबाट सुरु भएको गोल्डकपको उद्घाटन खेलमा पाँचथरले तेह्रथुमलाई २–० गोलले हरायो । आयोजक पाँचथरको जितमा शुक्रराज राईले र विशाल भण्डारीले गोल गर्नुभयो । 

मध्यान्तरअघि गोल रहित बराबरी खेलेपनि दोस्रो हाफमा पाँचथरले बाजी मारेको हो । विशाल म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । आइतबार डिएफसी मोरङ र रेडहर्स इलामबिच प्रतिस्पर्धा हुने आयोजक पाँचथर फुटबल क्लबका सचिव राजु राईले बताउनुभयो ।

प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठ टिमले भाग लिएका छन् । प्रतियोगितामा पहिलो हुने टिमले चार लाख चार हजार चार सय ४४ रुपियाँ र दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपियाँ पाउनेछन् । फाइनल खेल मङ्सिर २३ गते हुनेछ ।