अर्जुन काफ्ले
स्याङ्जा, मङसिर १६ गते । भुरुङ चौकी माविले पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा भुरुङ चौकीले ११ स्वर्ण, छ रजत र चार कांस्य पदका साथ रनिङ शिल्ड र ३० हजार जितेको हो ।
साबिक बिजेताका नवज्योति मावि सात स्वर्ण, चार रजत र तीन कांस्य पदक दोस्रोका साथ १५ हजार, कप मेडल र प्रमाणपत्र जितेको हो । एक स्वर्ण, छ रजत, तीन कांस्य पदक जित्दै तेस्रो बनेको अरनिको मावि तेस्रो भएको हो । चौथो जीवन ज्योति मावि बनेको छ ।
मङ्सिर १३ गतेबाट सुरु भएको प्रतियोगितामा पालिका भित्रका १० विद्यालयका १८ वर्ष मुनिका दुईसय विद्यार्थी सहभागी रहेको गाउँपालिकाले जनाएको छ । विजेता तथा उपबिजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास, स्वास्थ्य तथा खेलकुद मन्त्री सुशीला सिम्खडाले पुरस्कार वितरण गर्नुभयो ।
कार्यक्रममा सिम्खडाले खेलकुदलाई अघि बढाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।