समाचारदाता
वराहक्षेत्र, मङ्सिर १२ गते। रामधुनी मन्दिर क्षेत्रमा रहेको रामधुनी मुक्तिघाटको जीर्णोद्धार गरिएको छ । सुनसरी खोला किनारमा रहेको घाटलाई जीर्णाेद्धार गरी कङ्व्रिmटले पुनर्निर्माण गरिएको हो ।
रामधुनी नगरपालिकाले दिएको बजेटबाट टिनको छानो भएको तीन वटा शव जलाउने ठाउँलाई नै व्यवस्थित गरी दुई वटा कङ्व्रिmटको शव जलाउने ठाउँ ढलाई गर्न थालिएकोे रामधुनी मुक्तिघाट व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर कार्कीले जानकारी दिनुभयो ।
रामधुनी नगरपालिका वडा नबर ४ मा रहेको रामधुनी मुक्तिघाटलाई रामधुनी नगरपालिकाले १० लाख रुपियाँ बजेट दिएपछि जीर्णाेद्धारको काम सुरु गरिएको घाट व्यवस्थापन समितिले जनाएको छ ।
रामधुनी मुक्तिघाटमा रामधुनी नगरपालिकाका नौ वटै वडालगायत इटहरी वडा नम्बर–१६ बाट पनि शव ल्याउने गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । पाँच दशकदेखि नै शव जलाउँदै आएको घाटमा तीन वर्षअघि टिनको छानो लगाई घाट निर्माण गरिएको थियो । दैनिक तीनदेखि पाँच वटासम्म शव जलाइने उक्त घाटलाई कङ्व्रिmटको छानो लगाएर व्यवस्थित गरिँदै छ ।
टाढाबाट ल्याएका शव जलाउनका लागि दाउराको व्यवस्थासमेत गरिएको उहाँले बताउनुभयो । रामधुनी जङ्गलको बिचमा घाट भए पनि सामुदायिक वनबाट दाउरा उपलब्ध नहुँदा मिलबाट दाउरा ल्याउनु पर्छ । मिलमा आठ रुपियाँ किलो पर्ने दाउरा घाटसम्म ल्याउँदा १० रुपियाँ पर्छ । अध्यक्ष कार्कीले भन्नुभयो, “शव जलाउने दाउरा किन्न नसक्नेका लागि निःशुल्क चार क्विन्टल दाउरा दिँदै आएकोमा दाउराको खर्च धान्न नसकेर अहिले रोकेका छौँ । नजिक हुनेहरूले गाउँबाटै दाउरा लिएर आउनु हुन्छ ।”
नगरपालिकाले घाट व्यवस्थापनका लागि दिएको १० लाख रुपियाँबाट दुई वटा छानोसहितको शव जलाउने ठाउँ, दुई वटा पानी ट्याङ्की, मोटर, ट्युबवेल, माटो पुर्ने र ग्राभेल गर्ने काम भएको घाट व्यवस्थापन समितिले जनाएको छ ।
रामधुनी मुक्तिघाट चारैतिर जङ्गलको बिच भागमा रामधुनी मन्दिर क्षेत्रमा रहेको छ । बराहक्षेत्र नगरको वडा नं. ८, ९, १०, भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर १ र इनरुवा नगरपालिकाको वडा नम्बर ८ को तीन हजार दुई सय बिघा क्षेत्रफलमा फैलिएको जङ्गलकोे बिच भागमा रामधुनी मन्दिर रहेको छ ।
हिन्दु धर्मावलम्बीहरूको पौराणिक भनाइ अनुसार त्रेतायुगमा भगवान् रामचन्द्र वनवासका व्रmममा धुनी लगाएर एक रात बास बसेको र बसेको स्थान छाडी हिँड्दा आफ्ना पाऊका एक जोर खराऊ छाडी गएको भन्ने कथन रहेकाले पनि मुक्तिघाटमा शव जलाउन ल्याउने गरिएको छ ।