• १२ मंसिर २०८१, बुधबार

चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

blog

काठमाडौं, मङ्सिर ९ गते । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ । चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो ।

स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ ६ बजे प्रक्षेपण गरिएको थियो । (बेइजिङ समय) लङ मार्च–२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४९८ औँ मिसन हो । यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औँ मिसन पनि हो ।  सिन्ह्वा/न्यूज एजेन्सी नेपाल