• १२ साउन २०८१, शनिबार

किड्स फेस्टिभल गरिँदै

blog

नेपालगन्ज, मङ्सिर ६ गते । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ नेपालगन्ज किड्स फेस्टिभलको दोस्रो संस्करण आगामी १६ गते नेपालगन्जमा आयोजना गरिने  भएको छ । आयोजक लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्माले फेस्टिभलको दोस्रो संस्करणमा चार वटा विधालाई महìव दिएको बताउनुभयो । 

उहाँका अनुसार फेस्टिभलमा बालबालिकाले गायन, नृत्य, चित्रकला र वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । त्यसबाहेक फेस्टिभलमा सहभागी भएका बालबालिकाले आफ्नो जुनसुकै प्रतिभा प्रस्तुत गर्न सक्ने छन् । 

इभेन्ट्समा प्रिस्कुलदेखि लिएर कक्षा १२ सम्मका विद्यार्थीलाई विभिन्न तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी रहेको छ । बाल साहित्य र सिर्जनाको खुला उत्सवका रूपमा रहेको फेस्टिभलमा गत वर्ष ४७० जना बालबालिकाको सहभागिता रहेको थियो । यस पटक फेस्टिभललाई अझै फरक र व्यवस्थित ढङ्गले आयोजना गर्ने तयारी गरेको अध्यक्ष शर्माले बताउनुभयो ।