• ७ कात्तिक २०८१, बुधबार

कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा निर्माण विज्ञसहितको टोली खटाउने

blog

काठमाडौं, मङ्सिर ५ गते । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १०–१० जनाको टोली १३ समूहमा पठाउने भएको छ ।

कांग्रेस महामन्त्री मङ्गलबार गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा निर्माण विज्ञ, दक्ष मिस्त्री र सात जना स्वयंसेवकसहित टोली पठाउन लागेको हो ।

महामन्त्री थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू एवम् भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरी भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले श्रमदान गर्न यथाशीघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०/१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको बताउनुभयो । उक्त समूहहरूले एक हप्ता काम गरिसकेपछि क्रमिक रूपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने विज्ञप्तिमा उल्लेख छ ।