• १५ कात्तिक २०८१, बिहिबार

बालुवाटारमा मुलुकको वर्तमान आर्थिक अवस्थाको विषयमा छलफल

blog

कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, मङ्सिर ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा आयोजित नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशा विषयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले मंगलबार दिउँसो बैठक आह्वान गर्नुभएको हो । 

अर्थतन्त्रको वर्तमान अवस्था सुधारका प्रयास र अब चाल्नुपर्ने कदमबारे जानकारी लिन विभिन्न विषयगत मन्त्रालयका मन्त्री, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्कलगायत निकायसँग छलफल गर्नुभएको हो। 

पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै गएपछि आन्तरिक अर्थतन्त्रका सूचकमा सुधार हुन सकेको छैन । न्यून पुँजीगत खर्च, कर्जा प्रवाहमा कमी, उपभोक्ता मागमा कमी, निजी क्षेत्रको घट्दो मनोबल, आन्तरिक उत्पादकत्व बढ्न नसक्नुलगायतका समस्या देखिएपछि प्रधानमन्त्रीले छलफल कार्यक्रम राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।