• १६ वैशाख २०८२, मङ्गलबार

पहाडी समुदायमा छठ

blog

भावना जोशी 

अत्तरिया, मंसिर २ गते। मिथिला क्षेत्रमा मनाइने  छठ पर्व सुदूरपश्चिम क्षेत्रमा समेत मनाउन थालिएको छ। सुप प्रदेशका कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लामा छठपर्व मनाइँदै आएको छ। 

कैलालीको धनगढी मोहना छठी घाट पूजाको लागि सजाइएको छ । छठ पूजाको लागि दुई सय ५० वटा स्टल तयार गरिएको छठ पूजा समितिका संयोजक सन्तोष मण्डल धानुकले जानकारी दिनुभयो। 

उक्त पूजामा सुदूरपश्चिम प्रदेशका पहाडी समुदायका ३० वटा परिवारसमेत सहभागी हुनेगरेको अध्यक्ष मण्डलले बताउनुभयो।  छठको बेला उहाँहरू पूजा गर्ने सधैँ छठीघाटमा आउनुहुन्छ । छठ पर्वको पहाडी समुदायमा समेत महत्त्व बढ्न थालेको छ। 

पहाडी समुदायकाले समेत छठको पूजा गर्ने गरेका छन्।  छठ पूजाको सुप प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार कार्यक्रम उद्घाटन गर्ने छठ पूजा समितिले जानकारी दिएको हो। छठी घाटमा आयोजकले मेलाकोसमेत आयोजना गरेको छ।