• १९ असार २०८१, बुधबार

पर्यटन ऐनहरू समय सापेक्ष बनाउन जरुरी : पर्यटनमन्त्री किराती

blog

नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनहरू समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

पर्यटन मन्त्री किरातीले पर्यटन ऐनहरू पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताउनु भयो । उहाँले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठुलो असहजता रहेको उहाँको भनाइ छ । उहाँले नेपालको पर्यटनलाई नयाँ ढङ्गले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गर्नुभयो ।

‘‘पर्यटनको मौलिकता हुन् । यसलाई हामीले विश्व समुदायमा नयाँ ढङ्गले ब्राण्डिङ गर्नसक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ । पृथ्वीको हिमाल जलवायुको प्रतीक पनि रहेछ । जलवायुमा परिवर्तन हुँदै जाँदा हिमालहरू कालो हुँदै आउने दृश्यहरू हामीले देखेका छौँ । संयुक्त राष्ट्रसङ्घका महामहिम महासचिवले हिजो संसदमा भन्नुभयो विशेष महत्त्व दर्साउँदै हिमाल असामान्य रूपमा पग्लिरहेको छ ।’’ पर्यटन मन्त्री किरातीले भन्नुभयो, ‘‘नेपालले ३० वर्षदेखि यता धेरै ठुला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढिरहेको छ । संस्कृतिले ठुलो चुनौती व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भावना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौती बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ । पर्यटन ऐनहरू पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठुलो असहजता छ ।’’

मन्त्री किरातीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौती रहेको बताउनु भयो । उहाँले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको जानकारी दिनुभयो ।