• २९ वैशाख २०८२, सोमबार

मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

blog

सुजन काफ्ले

चरीकोट, कात्तिक १४ गते । दोलखामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिका –७ मा भएको दुर्घटनामा परी गौरीशङ्कर गाउँपालिका –५ का ४० वर्षीय सुरीका रामकुमार खड्काको ज्यान गएको हो । 

उहाँ काठमाडौंबाट चरीकोटतर्फ आउँदै गरेको प्रदेश २–४४ प ६८८३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

दुर्घटनामा घाइते भएका खड्काको सदरमुकाम चरिकोटमा रहेको सामुदायिक अस्पतालमा उपचार गर्न ल्याइएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।