शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, कात्तिक ४ गते । आज दसैँको सातौँ दिन काठमाडौँको विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लागेको छ। घटस्थापना गरेसँगै नवदुर्गाका नौ रूपको पूजा गर्ने गरिन्छ।
उपत्यकाको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिका स्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहित दुर्गाका शक्तिपीठमा पूजा आराधना गर्ने गरिन्छ।
मैतीदेवी, भद्रकाली मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।


















                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।