• ३० वैशाख २०८२, मङ्गलबार

दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारबाही हुने

blog

काठमाडौं, कात्तिक २ गते । काठमाडौँ महानगरपालिकाले दसैँ तथा तिहारको बिदामा कार्यालयको नाममा रहेको कुनै पनि सवारी साधन सञ्चालन नगर्न, नगराउन अनुरोध गरेको छ । 

महानगरपालिकाले बिहीबार एक सूचना प्रकाशन गरेर सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक कार्यरत कर्मचारीहरूले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सञ्चालन नगर्न जानकारी दिएको छ ।

बिदाको समयमा अत्यावश्यक काममा सवारीसाधन प्रयोग गर्नु परे महानगर क्षेत्रभन्दा बाहिर सञ्चालन नगर्न अन्यथा कारबाही हुने ब्यहोरा महानगरले जनाएको छ ।