• ३० वैशाख २०८२, मङ्गलबार

कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न

blog

भीमफेदी कारगारमा रहेको कैदीबन्दीलाई मकवानपुरको कैलाश गाउँपालिकाद्वारा खशी र खाद्यान्न प्रदान गरिँदै । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, कात्तिक १ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाले विजयादशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।

पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बुधबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दसैँ मनाउन दुई वटा खसी, चिउरा र तेल हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष मुक्तानले कारागारमा रहे पनि सांस्कृतिक पर्व दसैँमा शुभकामना आदानप्रदानसँगै भ्रातृत्वको सम्बन्ध स्थापित गर्न र कैदीबन्दीमा सकारात्मक भावना जागृत गराउन खसी र खाद्यान्न उपलब्ध गराइएको बताउनुभयो । सो अवसरमा कारागार पुगेको जनप्रतिनिधि र कर्मचारीको टोलीले कैलाश गाउँपालिका घर भएका कारागारमा रहेका कैदीबन्दीसँग शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र दुई जना आश्रित नाबालक  छन् ।