• २८ वैशाख २०८१, शुक्रबार

गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसङ्घका महासचिवको आह्वान

blog

सयुंक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस ।

संयुक्त राष्ट्रसङ्घ, असोज २९ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा द्रुत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गर्नुभएको छ ।

“यस्तो असहज परिस्थितिमा हामी मध्यपूर्व गम्भीर अवस्थामा छौँ,  संयुक्त राष्ट्रसङ्घको महासचिवको हैसियतले यी दुई मानवीय अपिल गर्नु मेरो कर्तव्य हो”, उहाँले भन्नुभयो, “हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजरायलले गाजा क्षेत्रका नागरिकहरूलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ । यस्ता खालका मानवीय सहायताका लागि द्रुत र निर्बाध पहुँच प्रदान गर्नुपर्छ ।”

यी दुई उद्देश्य आफैँमा मान्य भएको भन्दै उहाँले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घसँग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजरायलमा  खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुटरेसले बताउनुभयो । रासस/सिन्ह्वा