बिन्दु थापा
पाल्पा, असोज २८ गते । हिन्दु धर्मावलम्बीहरू तथा सबै देशवासीलाई भाइचाराको सम्बन्ध कायम राख्न क्षेत्री समाजको आवश्यकता रहेको वक्ताहरूले बताएका छन् ।
क्षेत्री समाज पाल्पाले क्षेत्री दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । नेपालीको महान् चाडपर्वले विशेष महत्त्व राख्ने बताउँदै कार्यक्रमका अध्यक्ष यादवसिंह कार्कीले भन्नुभयो, ‘मौलिक चाडपर्व तथा रीतिरिवाजलाई निरन्तरता दिई जोगाइ राख्नुपर्ने हाम्रा सभ्यता, संस्कृति तथा मौलिक पर्व हामी नेपालीको पहिचान हो ।’
कार्यक्रममा क्षेत्री समाजका केन्द्रीय सदस्य भोजराज थापा, क्षेत्री समाज पाल्पाका पूर्वअध्यक्ष मीनबहादुर केसी, पूर्व केन्द्रीय सदस्य दिनेश रावल, अधिवक्ता विनोद कार्की, अधिवक्ता मिना कार्की, महिला कमिटी पाल्पाका अध्यक्ष कृष्ण गिरी क्षेत्रीलगायतले क्षेत्री समाज नेपाल सम्पूर्ण उत्पीडनबाट नेपाली समाजले मुक्ति पाओस् भन्ने चाहेको बताएका छन् । समाजले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान पनि गरिएको छ ।