यस्तो जो महिमा रहेछ पुरुषोतम् नाथ सर्वैसरा
थाहा बल्ल भयो मलाई प्रभु हे आएँ शरणमा सदा ।
मैले केही न सिक्न कोसिस गरेँ पट्मुर्ख भै बाँचिछु
कस्तो ताल रुचाउँदै छमछमी साँच्चै यहाँ नाचिछु ।
मेरो वेद मलाई पढ्न कहिल्यै लागेन जाँगर पनि
मेरो बानी स्वभाव पश्चिम हुँदै लागेछ मुङ्लान अनि ।
जे जे जे जति गल्ति भूल हुन गो जोडेर औँलाहरू
नेपालीहरूमा म बिन्ति अति नै गर्दै बिसाउँदछु ।
यौटा बत्ति बलोस साँझ जहिल्यै श्रीकृष्णको नाममा
आफ्ना जो परिवारलाई मनले सम्झाउँनू कर्ममा ।
कोठाभित्र भनौँ विदेश अथवा नेपालको भूमिमा
सन्ध्यामा झललै प्युरी र घिउको देखौँ दियो साथमा ।
साँगाचोकगढी–४, चौतारा