• १७ असार २०८१, सोमबार

बिपी साहित्य महोत्सव समापन भोलि

blog

ललितपुर, असोज २ गते ।  संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित बिपी साहित्य महोत्सवको समापन असोज ३ गते हुने भएको छ । 

नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी साहित्य महोत्सव’ को समापन असोज ३ गते हुने भएको हो । 

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भदौ २४ गते सुरु भई दुई दिन सञ्चालनपछि महोत्सव स्थगित भएको थियो । उहाँले तेस्रो एवं अन्तिम दिनको कार्यक्रम संविधान दिवसका अवसरमा असोज ३ गते बिहान १०:३० देखि बेलुका ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा हुने बताउनुभयो ।

उहाँका अनुसार बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो शीर्षकमा विमर्श हुने छ ।