• १७ असार २०८१, सोमबार

अरिँगालले टोकेर वृद्धाको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङमा अरिँगालले टोकेर एक वृद्धाको मृत्यु गएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेकी ७४ वर्षीया सुनमाया तामाङको अरिँगालको टोकाइका कारण मृत्यु भएको हो । 

चाँगेका वडाध्यक्ष अर्जुन लिम्बूका अनुसार तामाङलाई शनिवार दिउँसो जङ्गलमा दाउरा खोज्न गएका बेला अरिँगालले टोकेको हो । अरिँगालले टोकेर गम्भीर घाइते हुनुभएकी वृद्धालाई चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो । 

थप उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी हुँदै गर्दा आइतबार उहाँको मृत्यु भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । वृद्धालाई विषालु अर्थात् कालो अरिँगालले टोकेको स्थानीयले बताएका छन् ।