काठमाडौँ, भदौ २४ गते । टर्कीको सुरक्षा बलले दक्षिण पूर्वी दियारबाकिर प्रान्तमा बम आक्रमणको योजना बनाउने पाँच आतङ्कवादीलाई पक्राउ गरेको छ ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई उल्लेख गर्दै आतङ्कवादी सङ्गठनको लागि काम गर्दै आएका ५ जनालाई पक्राउ गरिएको बताउनुभएको हो । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ । टर्कीले यस वर्षमा मात्रै उत्तरी सिरियामा सीमापार लुकेकाहरुसहित पीकेके र त्यसको सिरियाली शाखा कुर्दिश जन सुरक्षा इकाइका १ हजार १८० भन्दा बढी आतङ्कवादीहरुलाई पक्राउ गरेको छ ।
सिन्ह्वा