• ८ मंसिर २०८१, शनिबार

चार मुक्तक

blog


विकासको लहराले भुइँलाई पनि छुनुपर्छ

परिश्रमको सुगन्धले दरिद्रता धुनुपर्छ

धर्म अनि संस्कृतिलाई अब धेरै नमास है

नत्र भने कुनै दिन पराधीन भई रुनु पर्छ ।

लट्ठ पर्दै तिम्रा भाषण सुन्ने पनि हामीहरू

विरोधका तानाबाना बुन्ने पनि हामी

दलहरूको झोलाभित्र हलिया र हुक्के बन्दै

गफाडी र चटकेलाई चुन्ने पनि हामीहरू


मेहनत गर्दा पनि कैले शून्य हात लाग्छ

राम्रै कर्म गर्दा पनि बिगारेको बात लाग्छ

सानातिना भुललाई  किन ठुलो बनाई हिँड्छौ 

विस्तरामा सँगै सुत्दा यदाकदा लात लाग्छ ।


कविता भन्दै राजनीतिको नारा कोर्नेसँग डर लाग्छ 

अँधेरोमा आई मूल्यवान वस्तु चोर्नेसँग डर लाग्छ 

कमिसनखोरहरूको चहलपहल बढेको छ अचेल

राजस्व कुम्ल्याएर घडेरी जोर्नेसँग डर लाग्छ । 

गौरादह, झापा