• ११ मंसिर २०८१, मङ्गलबार

जबजको आलोकमा समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा हुन्छ : महासचिव पोखरेल

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंङ्र पोखरेल नेतृत्वको टोली जनवादी गणतन्त्र चीनको मुख्य शहर छोङछिङमा । तस्बिर : राजेश राई

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १८ गते । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदानप्रदान र अन्तरक्रिया  कार्यक्रममा सहभागी बन्नुभएको छ । 

सो अवसरमा महासचिव पोखरेलले जबजको आलोकमा समृद्ध नेपाल : सुखी नेपालीको लक्ष्यसहित एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको बताउनुभयो । नेपालको समृद्धिमा चिनियाँ अनुभव उपयोगी र महत्त्वपूर्ण हुने उहाँले सो अवसरमा विश्वास व्यक्त गर्नुभयो ।


त्यस्तै,  नेपाली कम्युनिष्ट आन्दोलन बिकासमा प्रमुख तीन नेताहरु पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र केपी शर्मा ओलीको योगदान रहेको चर्चा गर्नुभयो । उहाँका अनुसार श्रेष्ठले पार्टी स्थापना र सङ्गठन निर्माणमा, भण्डारीले विचार निर्माण र ओलीले समृद्धिको क्षेत्रमा योगदान दिएको उहाँको भनाइ छ । 

महासचिव पोखरेलले अध्यक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने प्रष्ट पार्नुभयो । समाजवादको आधारमा पनि सँगसँगै निर्माण गर्ने उहाँको भनाइ छ । 

त्यस्तै, चिनियाँ आधुनिकरणमा छोङछिङको अभ्यासको बारेमा प्रोफेसर सुन लिङ उले  र प्रोसेसर दा सिउ लाईओईले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद : सि बिचारधारा विषयमा प्रस्तुति राख्नुभएको थियो ।


तेह्र दिने भ्रमण टोलीमा पार्टी स्थायी किमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेताहरू ज्वालाकुमारी  साह, राम राना, टुका हमाल, सहदेव बोगटी,  रचना खड्का, निरज आचार्य, मन्जु गुरुङ, अजयकुमार गुप्ता,  मानवीर राईलगायत रहनुभएको छ ।