• ८ मंसिर २०८१, शनिबार

हाम्रो यात्रा (कविता)

blog

तिमीले जसरी पाइला चाले पनि

जिन्दगीको हरेक मोडमा

मैले कसैको साथ पाउन सकिनँ ।


सपना धेरै छन् मेरा

अनगिन्ती तिमीले दिएका आश्वासनहरू

आज सिर्फ मेरा लागि

ओइलिएर झर्न लागेको फूल जस्तै

झुकाएर बाँच्न विवश भएको छु ।


त्यसैले, जिन्दगीको लामो यात्रामा

हरेक पल छाया बनेर

पछ्याउने कोसिस नगरे हुन्छ ।


सधैँ तिम्रो पाइला सल्बलाउने गोरेटोमा

कसैले अवरोध खडा गर्छ भने

म पवनको प्रेतात्मा बनेर

तिम्रो गन्तव्यसम्म पु-याउने प्रयत्न गर्ने छु ।

बरु । एक्लै एक्लै हिँडेको बेला

सम्झनाले सताउँछ भने

प्रेमको परिभाषा बदल्न खोजे हुन्छ । 

धर्मस्थली, काठमाडौँ