राजन रावत
हुम्ला, साउन ३१ गते । नाम्खा गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा दश महिनासम्म खाद्यान्न पुगेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्षमा विनियोजित कोटाको खाद्यान्न ढुवानी गर्न नसकेपछि लिमीमा खाद्यान्न नपुगेको हो ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले दश महिना बित्दा पनि लिमीमा खाद्यन्न नपुगेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षको असोज महिनामा दुई सय क्वीन्टल खाद्यान्न लिमीमा लिमिटेडले पठाएको थियो । उहाँले त्यसयता लिमिटेडको खाद्यान्न नपुगेको बताउँदै लिमिटेडको लिमी बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न पाँच सय क्विन्टलमा दुई सय क्विन्टल पुगेको भए पनि बाँकी तीन सय क्विन्टल खाद्यान्न लिमीमा हालसम्म नपुगेको बताउनुभयो । उहाँले पटक पठक जिल्ला प्रशासन कार्यालयमार्फत खाद्यान्नको व्यवस्थाका लागि माग गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको बताउनुभयो ।
वडाध्यक्ष तामाङले बिक्री केन्द्रको खाद्यान्न लिमीमा नपुगेपछि हाल लिमीमा खाद्यान्न समस्या देखिएको देखिएको बताउनुभयो । हिल्सा नाका सञ्चालनमा आएको भए पनि मैदा र चामल आवश्यकताका आधार ल्याउन नपाइए पनि लिमीमा खाद्यान्न समस्या देखिएको हो । लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले निर्धारित कोटाको सबै खाद्यान्न पुर्याउन नसकिएको स्वीकार गर्दै हिउँमा हिमपातको कारण खाद्यान्न लिमी ढुवानी गर्न नसकिएको र हाल शाखासँग समेत खाद्यान्न मौज्दात कम भएको कारण खाद्यान्न पुर्याउन नसकिएको बताउनुभयो । उहाँले अब काठमाडौँबाट केरुङ नाकाबाट तिब्बत हुँदै ढुवानी गर्न लागिएको र सो खाद्यान्न मध्य लिमीको बाँकी रहेको कोटाको खाद्यान्न हिल्साबाटै वितरण गरिने बताउनुभयो ।
लिमीका तीन गाउँ तील, हल्जी र जाङ गाउका २१३ घरधुरीका एक हजार दुई सय भन्दा बढी छ ।