• २३ वैशाख २०८१, आइतबार

तस्बिरमा २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु । तस्बिर : कविन अधिकारी

काठमाडौं, साउन २७ गते । २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ । प्रभातफेरी शनिबार काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह पुगेर सकिएको हो ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रभातफेरी पछि परिषद्ले राष्ट्रिय सभा गृहमा अन्तर्राष्ट्रिय युवा दिवससम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले गर्न भएको थियो ।


Author
कविन अधिकारी

अधिकारी गोरखापत्रका फोटो पत्रकार हुनुहुन्छ ।