• १५ चैत २०८०, बिहिबार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

blog

काठमाडौँ, साउन २६ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने, नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा आगामी दिनमा संसद्मा कांग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपंक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताउनुभयो । बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यसमिति बैठक विहीबार दिउँसो बसेको थियो ।