• २३ वैशाख २०८१, आइतबार

फ्रान्स र जमैका नकआउट चरणमा

blog

समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै जमैका र ब्राजिलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन १७ गते । फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले पानमालाई ६–३ गोलले हरायो । 

अर्को खेलमा जमैकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । जितसँगै समूह विजेता बनेको फ्रान्सले तीन खेलबाट सात अङ्क बनायो ।

समान खेलबाट पाँच अङ्क बनाएको जमैका उपविजेता बन्यो । जमैकासँगको बराबरी ब्राजिलका लागि निकै महङ्गो बनेको छ । बराबरीसँगै चार अङ्क बनाएको ब्राजिल विश्वकपबाट बाहिरिएको छ । विश्वकपबाट बाहिरिएको पानमा अङ्कबिहिन बन्यो । एजेन्सी