• २१ वैशाख २०८१, शुक्रबार

समय

blog

समयले कसैलाई कतै पर्खंदैन

आफ्नो बाटो गएपछि कहिल्यै फर्कंदैन ।

 

समयलाई छोटो भन्छन् सुख भोग्नेहरू

त्यही समय लामो मान्छन् दुःख बोक्नेहरू

समय त सम्झे जस्तो लामो–छोटो हुन्न

सकिँदैन समयलाई कतै छेक्न थुन्न । 

 

समयका लागि कोही हुन्न आफ्नो पराई

हरेक पलको महìव छ अर्थ बुझ्नेलाई

समयको जन्म हुन्न, न त मृत्यु हुन्छ

उही समय कतै अमृत कतै विष बन्छ । 


    खाँदबारी–५, सङ्खुवासभा 

   हाल : कोलोराडो, अमेरिका