• १६ चैत २०८०, शुक्रबार

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

blog

सडक एकतर्फी सञ्चालनमा आएपछि सडकमा गुडेका गाडी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन १४ गते । गत रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण तिनाउ –३, रामापिथेकस नजिकै सुरुङ मार्गमाथिबाट खसेको पहिरोले पुरिएर अवरुद्ध सडक एकतर्फी खुलाइएको हो । 

सडक खुलाउन दुई वटा स्काभेटरसहितका उपकरण प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । सडक एकतर्फी रुपमा सञ्चालन भएपछि जाम नहुनेगरी सवारीसाधन आवतजावत सहज बनाइएको उहाँले बताउनुभयो । 

माथिबाट पहिरो खस्न नरोकिएकाले पूर्णरुपमा सडक खुलाउन भने समय लाग्ने प्रहरीले जनाएको छ । सडक खुलेपछि यात्रुहरू गन्तव्यतर्फ लागेका छन् । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको उत्तरतर्फको ढोकामाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।