• ४ जेठ २०८१, शुक्रबार

मुक्तक

blog

चालामाला सबै हेरी आफैं खिन्न भएको छु

पार्टीनेता नियत हेरी म त भिन्न भएको छु ।

जनता र देश भन्ने खोजी गर्दै हिँडेको म

नपाएर राम्रो पार्टी मत नै दिन्न भएको छु । ।


सात समुन्द्रपारि छौ चिनु समालेकी छु

ठगेकी छैन तिमीलाई दिनु समालेकी छु । 

तिमी मेरो आँखा अनि मुट भित्र पनि छौ

सिउँदोभरि दिएका थ्यौ लिनु समालेकी छु 


पाई सन्तुष्टि खुशीमा खुशी आफै हराउँछु

अनि सन्तुष्टि आत्माको प्राप्तिमै रमाउँछु

हराउछ यसरी मन थाहै हुन्न म छु काहाँ 

खोज्दै जादा आफू भित्र सत्यलाई पाउँछु


आऊ र भेट प्रिये इज्जत बचाएर जाऊ

म बेहोसीमै हुन्छु मज्जाले नचाएर जाऊ ।

जातीय, सामाजिक र धार्मिक बाधाहरूलाई

चुडाल्न सकिन्न तिमी जग हँसाएर जाऊ । ।