• ४ जेठ २०८१, शुक्रबार

निलो आकाश (कविता)

blog

निलो आकाश

पानी झम झम 

थोपा थोपामा 

पायलको आवाज

रङ्ग विरङ्गी फूलहरू 

सुगन्ध छर्दै छर्दै 

रमणीय साँझ

चन्द्रमाको मुहारमा 

शीतलता वर्षिरहेछ 

ताराहरू पनि हाँसे झैँ 

हेर्दा हेर्दै

गीत गुनगुनाउन 

मन आतुर छ 

पानीमा सम्पूर्ण मनलाई 

भिजाउँदै क्षितिजको आँगनमा 

तिम्रै सम्झनामा गीत गुनगुनाइ रहेछु ।