• ८ वैशाख २०८१, शनिबार

गुल्मीमा कुलो खन्दा तीन जना घाइते

blog

तिलाचन पाण्डे/रमेश विश्वकर्मा 

तम्घास,साउन १४ गते । गुल्मीमा कुलो खन्दा तीन जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर दुईको चेहमी सिँचाइ कुलोमा कुलो खन्ने क्रममा अचानक माथिबाट पहिरो खस्दा सोही वडाका ६८ वर्षीया भगवती कुँवर,वर्ष ४६ की लक्ष्मी दर्जी र ४१ वर्षकी  प्रेमकला कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय  गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरूको खुट्टा र शरीरका अन्य भागहरूमा चोट लागेकाले पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको पाण्डेले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।