• १६ चैत २०८०, शुक्रबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

गजेन्द्र गुरुङ

खजुरा, साउन १३ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

शुक्रबार राति अन्दाजी १२ बजेको समयमा राप्ती सोनारी गाउँपालिका –४, हुलाकी राजमार्गअन्तर्गत लट्ठापुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका ३० बर्षीय राम थारुको मृत्युभएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिनुभयो ।

इन्चार्ज आचार्यका अनुसार उक्त मोटरसाइकलमा तीनजना सवार रहेको र मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मोटरसाइकल चालक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको इन्चार्ज आचार्यले जानकारी दिनुभयो ।

मोटरसाइकल सवार अन्य दुई जना राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका २७ बर्षीय हेमकुमार थारु र सोही ठेगानाका ३० बर्षीय प्रकाश थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको वरिष्ठ सई आचार्यले बताउनुभयो ।