• ४ वैशाख २०८१, मङ्गलबार

कृष्णनगर नाकाबाट ३५६ बालबालिकाको उद्धार

blog

कपिलवस्तुको कृष्णनगरमा रहेको शान्ति पुनस्र्थापना गृहको कार्यालय । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन १३ गते । कपिलवस्तुको शान्ति पुनस्र्थापना गृहले एक वर्षमा ३ सय ५६ चेली तथा बालबालिकाको उद्धार गरेको छ । गैरकानुनी तरिकाले भारत र भारत हुँदै तेस्रोमुलुक जान लागेकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ ।

उद्धार गरिएकामध्ये ५४ जना कपिलवस्तुका, ५२ अर्घाखाँची, ३६ प्युठान, ३५ दाङ, ३० जना रूपन्देहीका छन् । यस्तै, २६ गुल्मी, २१ जना रोल्पाका र २५ जना भारतलगायतका विभिन्न स्थानका छन् ।

जसमध्ये १६ जना बौद्ध शिक्षा पढाउन लगेको बालबालिका समेत रहेका छन् । ती बालबालिकाको भारतको वस्तीबाट उद्धार गरिएको थियो । भारतको अरुणाञ्चल प्रदेश लैजाँदैगरेको अवस्थामा उद्धार गरिएको थियो । संस्थाले ७ हजार ७४ लाई मानव बेचविखनविरूद्ध सूचना तथा परामर्श दिइएको गृह कपिलवस्तुकी संयोजक बसन्ती जीसीले बताउनुभयो । 

गृहले पालिकासँग समन्वयगरी बेचविखनविरुद्व जनचेतनामूलक कार्यक्रम हुनेगरेको छ । उद्धार गरिएकाहरु भारत हँुदै तेस्रोमुलुक जाने, आर्थिक रोजगारीका अवसर, नेटवर्किङ बिजनेसलगायतका अन्य प्रलोभनमा पर्नेगरेको बताइएको छ ।