• १३ असोज २०८१, आइतबार

निर्धारित समयभन्दा ढिलो गरी प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज दिउँसो १ बजे बस्ने कार्यसूची रहे पनि विविध कारणले करिब दुई घण्टा ढिलोगरी बैठक सुरुभएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर बैठकलाई सुनाउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विमानस्थलमा भेटिएको एक क्विन्टल सुन प्रकरणको विषयलाई लिएर सरकारसँग जवाफ माग गर्ने तयारी गरेको छ । त्यस्तै, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन प्रकरणको विशेष प्रस्ताव बैठकमा पेस गर्ने तयारी गरेको बुझिएको छ ।

त्यस्तै, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत सुन प्रकरणका विषयमा सरकारसँग जवाफ माग गर्ने तयारी गरेको सो दलले जनाएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज सो दलको बैठक बसेको थियो । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सुन प्रकरण गम्भीर विषय भएकाले त्यसलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको सांसद पन्तले जानकारी दिनुभयो ।