• ४ जेठ २०८१, शुक्रबार

गीत

blog

रुवाई देश नेपाली युवा नजाऊ विदेश ।

आमाको पुकार सुनेर आऊ सजाऊ स्वदेश । ।

पौरख गरी उठाऊ नेपाल ।

पसिना सारा परदेशमै नफाल । ।


खेतका आली कुटो कोदाली कुरेका कु¥यै छन् ।

पुख्र्यौली घरको छानो र पाली चुहिएका चुह्यै छन् । ।

बाबाको काँध आमाको काख रोएको धेरै भो ।

माटोले तिम्रा पाखुरी जोश खोजेको धेरै भो । ।


जनक बुद्ध भृकुटी सीता हिँडेको बाटो यो ।

सहिदका राता रगतका धारा बगेको माटो यो । ।

स्वदेशी मन विदेशी धन के जाति प्यारो भो ?

हिमाल पहाड तराईको माया के सारो घटी भो ?


लेकमा गुराँस बेँसीमा अनाज छैन र झुलेको ?

द्यौसी र भैलो मेला र पर्म कसरी भुलेको ?

जन्मेको थलो हुर्केको मेलो बिरानो नठान ।

बारीको मकै बनको काफल नमिठो नमान । । 

चाँगुनारायण नपा, भक्तपुर