कवि कञ्चन होस् मन मन्थन त्यो
कविता खँदिला छुट बन्धन त्यो ।
सुसखार झिकी अखबार पिऊँ
कलमी हतियार खिपेर जिऊँ ! ।१ ।
कृति कीर्तन होस् कविता बहको
श्रुति सङ्गममा रमिता रहको ।
लय छन्द जुटून् वय बिम्व थपून्
स्वर वाचन ताल मृदङ्ग पसून् ! ।२ ।
अबगाल कुनै नबनून् कविता
सहकाल बढून् अजरामरका ।
रचना रमणीय बनूनु गजिला
कविका दिल–चित्त रहून् भरिला ।३ ।
थपडी थप काव्य दिलाइरहून्
झुपडी उचनीच बिलाइरहून् !
कवि मार्मिक स्वाद पिलाइरहून्
नव पाठक कौस्तुभ लाभ लिऊन् ! ५
अपराध घटून् कविता पिउँदा
विकराल हटून् बहकाउ बुँदा
झर ती सुविचार सुधा कविता
बलिदान बुता भर नैतिकता ।६ ।