• ११ मंसिर २०८१, मङ्गलबार

एसईईमा उत्कृट अङ्क ल्याउने विद्यार्थी सम्मानित

अर्थतन्त्रमा देखिएका बेथिति अन्त्य गर्न लागेको छु : अर्थमन्त्री डा. महत

blog

अर्थमन्त्री डा. प्रकाशशरण महत

गोरखापत्र अनलाइन 

तारकेश्वर (काठमाडौं), साउन ६ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका बेथितिको अन्त्य गर्न लागिपरेको बताउनु भएको छ । उहाँले सस्तो लोकप्रियता हासिल गर्नभन्दा पनि दुई चार वर्षपछि यसको सकारात्मक परिणाम आउने गरी काम भइरहेको छ भन्नुभयो । 

नेपाली कांग्रेस बागमती प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौं– ६ (ख) ले शनिबार आयोजना गरेको बी.पी कोइरालाको ४१ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो । 

बीपी कोइरालाको नेतृत्वमा नेपाल आधुनिक युगमा प्रवेश गरेको चर्चा गर्दै मन्त्री महतले अहिले सामाजिक सञ्जालमा अनेक थरी विषय आउन थालेकाले त्यसलाई आधार मानेर आफ्नो दृष्टिकोण नबनाउन र सत्य के हो भन्ने गहिराइमा पुगेर मात्रै धारणा तय गर्न सुझाव दिनुभयो । 

मन्त्री महतले एसईई उत्तीर्ण गरेका विद्यार्थी र विद्यालयका प्रतिनिधिलाई सम्मानित गर्नुभयो । 


पूर्वमन्त्री भीमसेनदास प्रधानले सभ्य नागरिक बनेर देशको विकासमा समर्पित हुन विद्यार्थीलाई आह्वान गर्नुभयो । 

त्रिविका पूर्व उपकुलपति तीर्थराज खनियाले २०६२/०६३ मा राजनीतिक परिवर्तन भए पनि राजनीतिक नेतृत्वले शिक्षाको विकासतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो । 

कार्यक्रममा क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलगायतले शिक्षाको गुणस्तर बढाउन सबैको सहयोग आवश्यक छ भन्नुभयो । 

कार्यक्रमका संयोजक परोपकार अधिकारीले सम्मानित विद्यार्थी तथा विद्यालयका प्रमुख तथा प्रतिनिधिलाई बधाइ ज्ञापन गर्नुभयो ।