सुजन काफ्ले
चरीकोट, असार ३१ गते । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ। तीन दिनअघि स्वास्थ्यमा समस्या आएपछि तामाङलाई उपचाररत राजधानी काठमाडौस्थित सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी लगिएको थियो।
नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापति समेत रहेका तामाङ २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तामाङको आज निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि अस्पताल भर्ना भएका तामाङको आज उपचारका क्रममा गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा निधन भएको छ ।