• १५ मंसिर २०८१, शनिबार

डेङ्गु नियन्त्रणका लागि सरसफाइ अभियान

blog

धादिङ समाचारदाता

धादिङ, असार ३१ गते । डेङ्गु सङक्रमण रोक्न धादिङबेँसीमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । पछिल्लो सातामा डेङ्गुको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, धादिङ सोसियल भोलेन्टियरलगायतका निकायले शनिबारदेखि यो अभियान सुरु गरेका हुन् ।

यो अभियान अन्तर्गत शनिबार धादिङ अस्पताल परिसरभित्र सरसफाइ गरिएको छ । बजार क्षेत्रका घर तथा भवनको छेउछाउमा भएका पानी जम्ने खाल्टाखुल्टी पुर्ने र लामखुट्टेले फुल पार्ने, बच्चा जन्माउन सक्ने गरी पानी जम्मा हुने भाँडा खोजेर नष्ट गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिका, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय स्वयम्सेवीले सडकमा फालिएका÷राखिएका बोतल, भाडामा जमेको पानी फाल्ने र त्यस्ता भाँडामा पानी जम्न नदिन सचेत गराउनेलगायतका काम गरेका थिए ।

धादिङ सोसियल भोलेन्टियरले डेङ्गुको लक्षण, बँच्ने उपाय र जनचेतना फैलाउने सङ्केत लेखिएका ब्यानर बजार क्षेत्रका चोक, चौतारोलगायत मानिसको भिडभाड बढी हुने स्थानमा टाँसेको छ । अहिले धादिङमा दैनिक रूपमा २० जनाको हाराहारीमा डेङ्गु पोजिटिभ भेटिने गरेको जिल्ला अस्पतालले जानकारी गराएको छ । त्यसमध्ये पनि धादिङ अस्पतालमा जाँचका लागि आएका बिरामीमा मात्रै दैनिक १५ जनाको हाराहारीमा डेङ्गुको सङ्व्रmमण भेटिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।