• २२ असार २०८१, शनिबार

सरकारलाई सभामुखको निर्देशन

blog

सभामुख देवराज घिमिरे ।

काठमाडौं, असार २९ गते । सभामुख देवराज घिमिरेले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई निर्देशन दिनुभएको हो । उहाँले प्रतिनिधि सभा बैठकमा यस रोगको सम्बन्धमा विगतदेखि नै कुरा उठिरहेकाले यससम्बन्धी स्पष्ट पार्न निर्देश गर्नुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘‘लम्पिस्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकहरुदेखि आजका बैठकमा पनि माननीय सदस्यहरुबाट कुरा उठिरहेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरुको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई म निर्देश गर्दछु ।’’ प्रतिनिधि सभा बैठक जारी छ ।