• १९ असार २०८१, बुधबार

पर्यटन र पूर्वाधार विकासलाई वर्तमान सरकारले जोड दिन्छ: मन्त्री सुनुवार

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २८ गते । कोशी प्रदेशका मन्त्री तथा प्रवक्ता प्रदीप कुमार सुनुवारले पर्यटन र पूर्वाधार विकासलाई सरकारले जोड दिने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री सुनुवारले प्रदेश सरकारले पूर्णता पाएपछि पर्यटन, सिँचाइ र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको हो । 

नयाँ प्रदेश सरकार गठनको विषयमा भएको विवाद अदालतले टुङ्गो लगाएपछि छिट्टै मन्त्री परिषद् विस्तार हुने र तीव्र गतिमा विकासका काम अघि बढ्ने उहाँको दाबी छ । फरक प्रसङ्गमा मन्त्री सुनुवारले प्रदेशको पुनः नामाङ्कनको विवाद वार्ताको माध्यमबाट समाधान हुने बताउनु भएको छ। वर्तमान सरकार पहिचानवादीहरूको मागमा सकारात्मक रहेका मन्त्री सुनुवारले स्पष्ट पार्नु भयो । 

ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर ‘क’ बाट निर्वाचित प्रदेश सांसद सुनुवार कोशी प्रदेशको मन्त्रीसँगै प्रदेशको प्रवक्तामा नियुक्त हुनुभएपछि बिहीबार पहिलो पटक गृह जिल्ला आउनु भएको छ ।