वसन्त पराजुली
भरतपुर, असार २९ गते । नारायणगढ मुग्लिङ सडकको दासढुङ्गा नजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब .१० मिटर तल खसी रुखमा अड्कन पुगेको थियो ।
शुक्रवार बिहान करिब ५ः२० बजे समयमा भएको उक्त घटनामा परी घाइते हुने अधिकांशको उद्धार गरी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा सवार चालकसहित ३२ जना मध्ये १९ जना घाइते भई उपचारका लागि भरतपुर का विभिन्न अस्पतालमा ल्याएको छ ।
मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेको विवरण:
१. भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, सामान्य ।
२. भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।
३. जि.मोरङ हरैचा न.पा.३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।
४. ऐ. हरैचा ८ बस्ने वर्ष ३४ की सुनीता लामिछाने, सामान्य ।
५. जि.सुनसरी बस्ने वर्ष ४० की सङ्गीता मगर,सामान्य ।
६. जि.झापा मेची न.पा.११ बस्ने वर्ष ३२ की सुमिमा राई, मध्यम ।
७. जि.भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने वर्ष ३० को मिलन तामाङ,सामान्य ।
८. जि.ललितपुर गोदावरी न.पा.७ बस्ने वर्ष २७ को सुमन लामा,सामान्य ।
९. जि.भोजपुर अरुण गा.पा.१ बस्ने वर्ष २९ को नन्दबहादुर पाण्डे, सामान्य ।
१०. ऐ. बस्ने वर्ष १९ को लीला बहादुर पाण्डे, सामान्य ।
भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेका घाइतेहरुः
१. सहचालक जि.सर्लाही लालबन्दी न.पा.१० बस्ने वर्ष ३६ को विक्रम मगर, सामान्य ।
२. कन्टेक्टर जि.धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य ।
३. बसमा सवार जि.सुनसरी रक्तमाला न.पा.५ बस्ने वर्ष २९ की मनिका राई, सामान्य ।
४. बसमा सवार जि.मोरङ हरैचा न.पा.५ बस्ने वर्ष २५ की कल्पना राई, सामान्य ।
५. ऐ. बस्ने वर्ष २५ की सपना राई, सामान्य ।
६. जि.धनकुटा शहीदभूमि गा.पा.४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, सामान्य ।
७. निजकै छोरी वर्ष ४ की दिव्या राई, मध्यम ।
८. बस चालक जि.मकवानपुर हेटौँडा उ.म.न.पा.२ बस्ने वर्ष ३७ को बादल
९. धादिङ रुबीभ्याली गा.पा.४ बस्ने वर्ष ३२ को दीपक तामाङ, सामान्य घाइते