• २० असोज २०८१, आइतबार

कोशीको मुख्यमन्त्री नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, असार २५ गते । कोशी प्रदेशमा सरकार गठनबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि पेशी तोकिएको हो ।

कोशी प्रेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालयलगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्नुभएको हो ।

उक्त रिटमा यसअघि आइतबार सुनुवाइका लागि पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।