• १५ वैशाख २०८१, शनिबार

विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा विदेशी लगानी आउँछः प्रधानमन्त्री प्रचण्ड

blog

नेपाल उद्योग परिसङ्घको शुक्रबार आयोजित २०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त

काठमाडौं, असार ८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताउनुभएको छ।

 शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। उहाँले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताउनुभयो। प्रधानमन्त्रीले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताउनुभयो। उहाँले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘विद्युतको राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउनसक्छ। त्यसले नेपालको अर्थतन्त्रका समस्या र चुनौती छन्। त्यसको स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ काम भइरहेको छ।’’ उहाँले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको उल्लेख गर्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताउनुभयो।  उहाँले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको जानकारी गराउनुभएको छ। उहाँले पछिल्लो समय राष्ट्रको हितमा काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको गुनासोसमेत गर्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सरकारको तर्फबाट अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिइएको छ। भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्र्दभमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनुभएको छ। नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा भनेका होइनन्। दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्रको लागि गरेका छौं। हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने हुँदैन। तर पछिल्लो समय राष्ट्रतको हितमा काम गरे पनि नकारात्मक दृष्टिकोण राख्ने प्रवृति बढ्दै गएको छ।’’



प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको दाबी गर्नुभयो। उहाँले तुलानात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजिकरण गर्न, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न,सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको बताउनुभयो। उहाँले प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तर निकाय समन्वय प्रभावकारी बनाउन, मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न, बैंकको ब्याजदर घटाउन उपाय खोजगरी लागू गर्न, पुँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानुनी र व्यवहारिक कदम चाल्न सरकार लागि रहेको बताउनुभयो। उहाँले  सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नितीगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको बताउनुभयो। 

प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रबीच बलियो एकता सहकार्यले मात्र समृद्धि र विकासको लक्ष्य पूरा गर्नसक्ने सरकारको मान्यता रहेको बताउनुभयो। उहाँले निजी क्षेत्रको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुनसक्छ भन्नमा सरकार स्पष्ट रहेको प्रष्ट पार्नुभएको छ।