• १३ मंसिर २०८१, बिहिबार

ग्रामीण सडक सुरक्षा कार्यक्रम सञ्चालन

blog

अमरराज नहर्की

तनहुँ, असार ७ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको आयोजनामा ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी कार्यक्रम’ सञ्चालन गरिएको छ । सहरी क्षेत्रमा चल्ने सवारीले कागजपत्र तथा सवारी ठिक अवस्थामा राख्ने गरेको भएपनि ग्रामीण क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति नरहँदा त्यसमा लापरबाही गरिएको हुनसक्ने भएकोले दुर्घटना न्यूनीकरण गर्न यो अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो ।

जिल्लामा दुर्घटना न्यूनीकरण तथा सडक सचेतना सम्बन्धी ज्ञान वृद्धिका लागि आफूहरूले विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेर सूचित गराउने प्रयास भइरहेको विष्टले बताउनुभयो । सबै स्थानमा ट्राफिक प्रहरीको उपस्थिति असम्भव हुने भएकाले सडक तथा सवारीका नियमहरू मान्नु असल नागरिकको कर्तव्य भएको उहाँको भनाइ छ । 

विष्टका अनुसार सामान्यतः राजमार्ग, बजार क्षेत्र तथा पक्की सडकमा दुर्घटना बढी हुने भएकाले ती क्षेत्रमा केन्द्रित रहँदै आएको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि यो कार्यक्रमको सञ्चालन गरिएको हो । ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने, ग्रामीण क्षेत्रमा सवारी चलाउने सवारी चालकहरूलाई जिम्मेवार बनाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने, ग्रामीण इलाकाका यात्रुहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्ने, ग्रामीण सडकमा सञ्चालन हुने सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्न प्रेरित गर्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक प्रयोगकर्ताहरूमाझ अनुशासनको भावना जगाउने ग्रामीण सडक पूर्वाधारको विकासमा विभिन्न निकायहरूलाई सहयोग र सल्लाह दिने कार्यक्रमका उद्देश्य रहेका छन् ।

त्यसमा पनि ट्राफिक प्रहरीले चलाउने गरेका अभियान र कारबाहीहरू आम नागरिकको पक्षमा हुने भएकाले त्यसमा सघाउनु सबैको जिम्मेवारी रहेको कार्यक्रममा बताइएको छ । एक महिनामा सात दिन गरेर तत्कालका लागि तीन महिनाका लागि सञ्चालन हुने कार्यक्रममा कुल २१ दिनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत इकाईबाट कार्यक्रमहरू समेतमा सञ्चालन गरिने छ । 

असार ५ गते देखि ११ गतेसम्म, साउनको सातदेखि १३ गते सम्म र भदौको १० गतेदेखि १६ गतेसम्म कार्यक्रम सञ्चालन हुने छ । ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक÷सवारी सुरक्षा थप मजबुत हुने, जनधनको क्षति न्यूनीकरण हुने, ट्राफिक प्रहरी र सवारी चालक-परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने, ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने लगायतका प्रतिफलहरू कार्यक्रमबाट प्राप्त हुने ट्राफिक प्रहरीको विश्वास छ । साथ सो अभियान सुरु गरिएको हो । 

गण्डकी प्रदेशकै ११ जिल्लामा त्यस्तो अभियान थालिएको हो । ग्रामीण सडक व्यवस्थापनमा जनताको सहभागिता र संलग्नतालाई प्रोत्साहन गर्ने र सवारी चालकहरूलाई जिम्मेवार बनाइ सुरक्षित र सहज आवागमनको व्यवस्था गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

ग्रामीण क्षेत्रका यात्रुहरूमा ट्राफिक जनचेतना अभिवृद्धि गर्ने, सवारी साधनको यान्त्रिक अवस्थालाई दुरुस्त राख्ने, दुर्घटना न्यूनीकरण र रोकथामका लागि सहकार्य गर्ने, सडक प्रयोगकर्तामाझ अनुशासनको भावना जागृत गराउने लक्ष्य कार्यक्रमले लिएको ट्राफिक प्रमुख विष्टको भनाइ छ । यस कार्यक्रमले तनहुँमा ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

सदरमुकाम दमौली, भिमाद, दुलेगौडा, आँबुखैरेनी लगायतका क्षेत्रबाट ग्रामीण क्षेत्रमा जाने सडकमा ग्रामीण सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम गरेपछि ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक सवारी सुरक्षा थप बलियो हुने, जनधनको क्षति न्यूनीकरण हुने अपेक्षा लिइएको छ । यसैगरी, ट्राफिक प्रहरी र सवारी चालक परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने थप अपेक्षा रहेको छ । 

ग्रामीण सडक सुरक्षा कार्यक्रममा सहभागीहरूलाई प्रहरी नायव निरीक्षक राजीव विष्ट, प्रहरी सहायक निरीक्षक जौमाया रानाले प्रशीक्षण दिनु भएको छ । पहिलो र दोस्रो दिनमा २२ ठाउँमा कार्यक्रम गरिएको त्यसमा करिब एक हजार जना सहभागी भएका छन् । 

ट्राफिक नियम सम्बन्धी जनचेतनाको विकास हुने, सवारी दुर्घटनामा कमी आउने, सडक तथा सवारी सुरक्षा बलियो हुने, जनधनको क्षति न्यूनीकरण गर्ने, ट्राफिक प्रहरी, सवारी चालक तथा परिचालकहरूमा मित्रवत् भावनाको विकास हुने एवम् ग्रामीण सडक सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।