• ३० वैशाख २०८१, आइतबार

दुर्घटनामा परी पूर्व मेयर गिरीको मृत्यु

blog

चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरी

अर्जुन काफ्ले

स्याङ्जा, असार २ गते । चापाकोट नगरपालिकाका पूर्व मेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । 

गए राती पुतली बजार नगरपालिका १० बर्जामा राङ खोलाबाट स्याङ्जा बजार तर्फ आउँदै गरेको बा १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्व मेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्व मेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११:४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले बताउनुभयो । 

नेपाली काँग्रेसका नेता गिरीको शव जिल्ला अस्पतालमा रहेको प्रहरीले बताएको छ । स्कारपियो भित्तामा ठोक्किएर सडकमा पल्टिएको र पूर्णरुपमा क्षति भएको प्रहरीले बताएको छ ।

प्रहरीले सवारी चालक पुतली बजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।