जीवनको उत्तरार्ध सुरु भएसँगै आफ्ना कुरा ध्यान दिएर सुनिदिने मान्छे चाहिन्छ । सन्ततिहरू नजिक नभए पनि देशभित्रै केही गरेर खाऊन् तर विदेश जाँदै नजाऊन् भन्ने हरेक बाआमाको चाहना हुन्छ । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख भएका ३० लाख हाराहारीमा रहेका ज्येष्ठ नागरिकको चाहनाविपरीत हुने गरी यो शासन प्रणालीमा हाम्रो राज्य सञ्चालन प्रणाली कहाँनेर चुक्यो ? दिनहुँ हजारौँको सङ्ख्यामा युवायुवतीको लर्को बिदेसिन बाध्य छ ।
गाउँमै रोजगारी वा व्यवसाय गर्ने वातावरण भएको भए सहारा चाहिने उमेरका वृद्धवृद्धा बाआमा, श्रीमती, सन्तति एक्लै अलपत्र छाडेर बिदेसिनुपर्ने थिएन । औषधी उपचारको अर्को वैकल्पिक बाटो नभएर औषधी उपचार गर्न, स्याहार सहयोगमा समय दिन, लत्ताकपडासँगै खानाको जोहो गर्न, विभिन्न चाडपर्व, सामाजिक सांस्कृतिक गतिविधिमा संलग्नता जनाउन र अतिरिक्त अवश्यकता पूरा गर्न पनि बिनाआर्थिक उपार्जन सम्भव हँुदैन । देशमा शिक्षा, शक्ति र पहुँच केही नभएकालाई रोजगारी छैन । विदेश नगएर के गर्ने ?
भ्रष्टाचारको जालो सर्वत्र छ । कमिसनबिना कसैले कलम समाउँदैनन् । ज्येष्ठ नागरिकलाई दिने भनेको सेवासुविधा ढोँगी, ठगीखाने भाँडो मात्र भयो । न सेवा, न सुविधा, मान, न सम्मान । लाभान्वित वर्ग विमुख संवेदनाविहीन यो सरकारी निर्णय देशी विदेशीलाई झुक्याउन ल्याइदिएको कागजी खोस्टो मात्र भयो । आजको धरातलीय यथार्थ यही नै हो । कतै डुलौँ, घुमौँ, तीर्थयात्रा, देश दर्शन, अवलोकन भ्रमण गरौँ भने यातायात व्यवसायी उमेर ढल्दै गरेको, केश फुलेको, ढाँड कुप्रिएको, लौरो टेकेको मानिस देख्नासाथ टाप कसिहाल्छन् । कथंकदाचित मौका दिइहालेमा अपमान, अपशब्द र दुव्र्यवहारको फन्दामा नपरी सुखै छैन । मात्रै राज्यले दिएको छुट भाडा दिनु पर्छ भनेर ।
सवारीसाधन पर्खनु र हैरानी खेप्नु यस समूहका नागरिकको नियति नै हुने भयो । जीवनको उत्तरार्ध लागेपछि नानाथरी शारीरिक मानसिक समस्या देखिँदै जानु प्रकृतिको नियम अस्वाभाविक नभए पनि त्यसको समुचित व्यवस्थापन गर्नेतर्फ राज्यको ध्यान पुग्न सकेको छैन । अस्पतालको थामिनसक्नु भिडको पछाडि उभिनु पर्छ । वृद्ध उमेरमा यो सहज हँुदैन । राज्यले स्वास्थ्य बिमाको अवधारणा ल्याएको भए पनि प्रभावकारी भूमिका दिन सकेको छैन । जीवन चव्रm हो, एक दिन सबैले यो उमेरमा प्रवेश नगरी सुखै छैन । मेरा घरमा पनि हजुरबुवा, हजुरआमा, पितामाता, अग्रज छन् भन्ने हेक्का राख्न नसकेर वा बिर्सिएरै पो हो कि ज्येष्ठ नागरिकप्रति दर्शाउने व्यवहार सन्तोषजनक छँदै छैन ।
हेक्का रहोस्, ज्येष्ठ नागरिकले श्रमको काम धेरै समय खटेर गर्न नसक्लान् तर यो उमेर समूहभित्र पर्नेहरू धेरैजसो जीवनका विभिन्न कालखण्ड देखेका, भोगेका, जीवनमा प्रत्यक्ष अनुभव गर्दै संलग्नता जनाएका, ज्ञान, सिप र क्षमता भएका व्यक्तिको यो वर्ग त्यति निकम्मा र निम्छरो छँदै छैन । निष्व्रिmय हुँदै होइन । अशक्त रोगीलाई छाडेर हेर्ने हो भने राज्यले प्रशस्त लाभ लिन सक्छ । आदर्श परिवार, अनुशासित समाज र लोककल्याणकारी राज्य परिचालनमा राज्यले आवश्यक महसुस गरेको खण्डमा महìवपूर्ण भूमिका निर्वाह गर्न सक्ने क्षमता राख्दछ ।
अहिले बढ्दै गएको सामाजिक व्यवस्थापन हेर्ने हो भने व्रmमशः गाउँघर खाली हुँदै छन् । गाउँमा मलामी जानेदेखि आराम–बेराम हुँदा देखभाल त परै जाओस्, अस्पताल पु¥याइदिने मानिस पनि पाइँदैनन् । घरमा वृद्धवृद्धालाई एक्लै छाडेर रोजगारीका लागि हिँड्न बाध्य भएपछि वृद्धवृद्धाको एकल जीवन राम्रो छँदै छैन । शौचालय जानुपर्दादेखि हेरक दिनचर्यामा कोही न कोही, कसै न कसैको सहाराको आवश्यकता पर्छ । ढिलो चाँडो मात्र हो, जीवन यात्रामा हामी सबैले यो दिन भोग्नै पर्छ ।
यसका लागि अग्रजप्रति गर्नुपर्ने व्यवहार, त्यसको महìव र आवश्यकताबारे राज्यले शिक्षा नीति निर्धारण गर्दा नैतिक शिक्षा, पारिवारिक दायित्व र कर्तव्यबारे तल्लो तहदेखि नै यस्ता विषयलाई पाठ्यव्रmममा समावेश गरी उच्च प्राथमिकता दिनु पर्छ । जीवन भोगाइको लामो यात्रामा खेपेका, भोग्नु परेका, सँगालेका दुःख–सुखका अनुभव, आर्जित ज्ञान, मार्गदर्शकका रूपमा प्राप्त सल्लाह, सुझाव र निर्देशनलाई पुस्तान्तरण गराउँदै लैजाने व्रmमले निरन्तरता नपाउने हो भने सबै विषयवस्तु लोप हुँदै जान्छन् । यस्ता विषयवस्तु लिपिबद्ध वा दस्ताबेजीकरण गर्न सम्भव नहुन पनि सक्छ ।
अनुभवका खानी पुराना मानिस राज्यका अमूल्य सम्पत्ति हुन् । यिनीहरूसँग भएको ज्ञान, श्रुति, स्मृतिका अतिरिक्त वास्तविक जीवनका भोगाइका पुरातात्त्विक धरोहरको सङ्ग्रहित पुस्तक हुन् । परम्परादेखि चल्दै आएका चालचलन, रीतिरिवाज, भाषा, संस्कृति, लवज र संस्कारको व्रmमिक हस्तान्तरणबाट अनुभव सँगाल्दै आएका ज्येष्ठ नागरिक जीवित सङ्ग्रहालय पनि हुन् । यस्तो वर्गको इज्जत, संरक्षण, सम्मान र देखभाल गर्न परिवार, समाज र राज्य कोही कतै चुक्नु हुँदैन । सामाजिक दर्शन र इतिहासको सङ्गृहीत पाण्डुलिपि भनेकै ज्येष्ठ नागरिक हुन् । जसको सङ्गतले हाम्रा सनातनी संस्कार, संस्कृति, सामाजिक व्यवहार र समाज रूपान्तरणको सिलसिलाभित्र रहेर आफ्ना भोगाइ र गराइको ऐतिहासिक ज्ञान हस्तान्तरण गराउने क्षमता राख्दछ ।
यो समूहको हितमा राज्यले सतही नियम कानुन बनाएर मात्र पुग्दैन, यथार्थमा आधारित र कार्यान्वयन पक्ष मजबुत भयो भने मात्र लाभान्वित हुन सक्दछन् । ज्येष्ठ नागरिकको उमेरलाई गणितीय हिसाबले मात्र हेर्नु हँुदैन । गर्भाधानदेखि बाल अवस्था, युवा, वयस्क हुँदै प्राप्त हुने वृद्धत्वभित्र उमेर मात्र छैन; अनेकन् क्षमता, योग्यता, दक्षता र अनुभवको सँगालो भरिएको हुन्छ । जन्मदेखि मृत्यु पर्यन्त सबैले यही बाटो हिँड्नु पर्छ । प्राणी विकासको अकाट्य चव्रिmय नियमभित्रको साश्वत सत्यलाई सबैले अङ्गीकार गर्ने हो भने कुनै बुढाबुढी ज्येष्ठ नागरिकले प्रताडित हुनु, अपहेलित र अपमानित जीवन बिताउनुपर्ने छैन ।
अहिलेसम्म समाजका ज्येष्ठ नागरिकले खेप्दै आएको पीडा र ज्येष्ठ नागरिकको कारणले परिवारमा उत्पन्न वितृष्णा निवारण गर्नका लागि निम्न उपाय अवलम्बन गर्दै जाने हो भने समस्या समाधानलाई केही हदसम्म मद्दत पुग्न सक्ने देखिन्छ –
१. युवायुवतीलाई विदेश पलायन हुनबाट रोक्न देशभित्रै योग्यता, क्षमता, कार्यकुशलता, अनुभव आदि परीक्षण गरी रोजगारीको अवसर दिने ।
२. पारिवारिक वातावरण, आर्थिक अवस्था, अन्तरपुस्ता मेलमिलाप कार्य गराई, हिमचिम बढाई मिलेर बस्नका लागि उपयुक्त वातावरण कायम गराउने व्यावहारिक कार्यव्रmम सञ्चालन गर्दै लैजाने ।
३. कोही कतै कुनै पनि सहारा नभएका अतिवृद्ध, अशक्तबाहेक अन्य कसैलाई वृद्धाश्रममा लैजाने परिपाटीमाथि कानुनी रूपमा नै पूर्ण रूपले निरुत्साहित गर्ने, बन्देज लगाउने ।
४. ज्येष्ठ नागरिकको उमेर, योग्यता, क्षमता पहिचान गरी सव्रिmय जीवनयापन गर्न प्रोत्साहनस्वरूप सामाजिक, बौद्धिक वा आर्थिक उपार्जनको मौका प्रदान गर्ने ।
५. सार्वजनिक यातायात उपभोग गर्ने वर्गका ज्येष्ठ नागरिकलाई यो अथवा त्यो कानुनी बन्देज हटाई कम्तीमा ५० प्रतिशत भाडा छुटको नियम कडाइका साथ मुलुकभरि लागु गर्ने ।
६. जटिल तथा असाध्य रोगको शतप्रतिशत उपचारको जिम्मा राज्यले लिने । अन्यको हकमा ५० प्रतिशत छुटमा सेवासुविधा उपलब्ध गराउने ।
७. समवयीबिच मित्रता, भाइचारा आदान प्रदान, भेटघाट, आपसी हितका विषयमा गन्थन–मन्थन, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्र स्थलको पहिचान/व्यवस्था गरी हरेक पायक पर्ने स्थानमा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन गर्न प्रोत्साहन र सहयोग गर्ने ।
८. घरपरिवार वा समाजबाट हुन सक्ने दुव्र्यवहार, अपमान, असहिष्णुता प्रकट हुन नदिन स्थलगत कानुनी उपचारको व्यवस्था गर्ने ।
९. परिचयपत्रको आधारमा सार्वजनिक वा सरकारी सेवासुविधा उपभोग गर्नु परेमा छुट्टै ज्येष्ठ नागरिक कक्ष वा लामबद्ध हुनैपर्ने कष्टबाट छुटकारा दिलाउन वैकल्पिक प्रबन्ध गरिनुपर्ने ।
१०. सङ्गठित सेवा केन्द्रबाटै निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श साथै प्राथमिक उपचारको व्यवस्था मिलाउनुपर्ने ।
११. ७७ वटै जिल्लामा ज्येष्ठ नागरिकको प्रतिनिधित्व रहने गरी मूल्याङ्कन, अनुगमन र कार्यान्वयन आयोग गठन गरी उत्कृष्ट छोरा बुहारी वा परिवारका सदस्यलाई सम्मान, पदक/प्रशंसापत्र प्रदान गर्दै उत्प्रेरणा जगाउन सहयोग गर्ने ।
यस्ता प्रभावकारी उपाय समयसापेक्ष अवलम्बन गर्दै लैजाने हो भने अहिलेसम्म ज्येष्ठ नागरिकले खेप्दै भोग्दै आएका समस्याको दीर्घकालीन समाधानमा ठोस पहलकदमी हुने छ साथै समाजमा हाल देखा परिरहेको सामाजिक विचलनमा धरै हदसम्म सुधार आउने देखिन्छ ।